Monday, July 6, 2009

गजल






मुटुको घाउ चर्किरहेछ औषधी एकजात छैन
दुःख आईपरेको छ मायालुको साथ छैन,
अब त संसारै बिरानो लागी सक्यो मलाई,
बलिन्द्रधारा आंशु बगेको छ पुछीदिने हात छैन ॥






तार टुकि्रएर बिलाएको संगीत हुं म,
संगीत नपाएर जकडिएको गीत हुं म,
के भनौ खै आफुले आफैंलाईघात र बात पचाएको प्रीत हुं म
मन पराउने धेरै होलान्, मलाई तिम्रै प्रित प्यारो,
अरु होइन मन छुने , मलाई तिम्रै गीत प्यारो,
जिन्दगी त बाजी रैछ , जीत अनि हार जस्तो,
हार सारा देउ मलाई, मलाई तिम्रै जीत प्यारो












कोरु भन्दा तिम्रो तस्बिर , हात तेसै थाक्छ किन?
बिर्सियो कि तिमीले प्रिया , मन तेसै पाक्छ किन?
बिपनिमा तिम्रो मुहार नदेखेको धेरै भयो सपनिमा आउँदा पनि,
टाढा-टाढा भागछ किन ? तिम्रो मेरो प्रेम यात्रा म्रिग-त्रिस्ना जस्तो छ कि ?
धेरै पिये बिछोड को आसु , अझै तिर्खा लाग्छ किन?
गोरेटो मा साथ् हिंड्ने अरु पाइला भेटे पनि




मन ले भने तिम्रै पाइला सदा-सदा माग्छ किन ?
जती टाढा , माया गाडा , तिम्लाई के लाग्छ कुन्नी?
नदेखे नि युगौ-युग , अमर माया जाग्छ किन?









तिम्रो फोटो मुटु भित्र सजाएर राखेको छु
सपनीमा आउछौ भन्ने यादै यादमा बाचेँको छु
लाग्छ हिजो तिमी हामी एउटै बाटो हिंडेका थियौ
त्यही पलको यादमा आज बाटो कुरि बसेको छु
सम्झनामा सपनामा जता ततै आउछौ तिमी
तिमीलाई भुलाउन साझमा भट्टी पसेको छु
तिम्रो यौवन तिम्रो जोवन भुलाउन सक्दिन म
तिनै जोवनलाई समेटेर एउटा गीत कोरेको छु
तिम्रो फोटो मुटु भित्र सजाएर राखेको छु
सपनीमा आउछौ भन्ने यादै यादमा बाचेँको छु .







जाली माया लाउनु रै'छ चिनो रुमाल जाली दियौ
चोखो माया लाउँदै थिएँ 'प्रेमी पागल' गाली दियौ ।
नयनमा बग्ने आँशु नूनिला छन् भन्थ्यौ हजुर
परेलीका गाजल पनि पखालेर फाली दियौ ।
दिलमा मेरो कहीँ छैन मन काट्ने कैची हजुर
झुल्के घाम भई आउँदा बादल भन्दै भागी दियौ ।
ताने सुरमा मैले श्वर गाउने पालो तिम्रो हजुर
मिलाउदैथेँ स्वरमा स्वर मुख ठप्प टाली दियौ ।





हेरिरहेँ एकोहोरो पराईसँग हाँस्दै थियौ
झर्न थाल्यो आँशु मेरो अन्तै साइनो गाँस्दै थियौ
तम्रै बिन्ती स्विकार्दथेँ सयौं जंघार सगँ तरौँ
अनयासै बिना निम्तो पराई सिन्दुर टाँस्दै थियौ
मान्छे नै हो भूल भए क्षमा त पाउनु पर्ने
थाहै नदिई चोखो नाता आवेशमा मास्दै थियौ
आज मैले चोट पाँए अर्कोले नि पाउन सक्छ
के थाहा पराईको ‘नि जीवन तिम्ले नास्दै थियौ





बिर्सूँ भन्दा सम्झाइदिने, रातले रुवायो
आँसु बग्दा पुछिदिने उही हातले रुवायो
तिम्रा मीठा बातहरूमा रमिदिने म हुँ उही
तर किन एउटा सानो विवादले रुवायो
कस्तो रै'छ जीवन पनि हाँसो जति लुटिलाने
हाँस्दै हाँस्दै दिएको त्यो अन्तरघातले रुवायो
गाली गरूँ मन दुख्छ, माया गरूँ छैनो अघि
फेरि पनि विगतको त्यो मातले रुवायो









माफ गर प्रिय आज अलिकति पिएको छु
वियोगको पीडा मेटन नशासँगै जिएको छु
चारैतिर वासना छरी जवानीको हिँडे पनि
बाँकी एउटै शरीर पनि तिम्रै लागि दिएको छु
छैन आशा भित्री मनमा झुट्टै माया भए पुग्छ
पराईको हात सामाई हिडेको म भेटिएको छु
माया गर्ने वाहनामा सिउँदो अन्तै भरे पनि
चौंबन्दि र चोली मैले तिम्रै लागि सिएको छु
अहिले छाडि गए पनि अर्को जुनि मेरै हुनु
'दवी' देउता साक्षी राखि शिव ब्रत लिएको छु







मेरो घर मा सङ्ख बज्दा त्यसको ताल मा नाच्नु तिमी ,
म त मोरेर माटो मा मिल्छु होला जुगौजुग बाच्नु तिमी ।।।।।










बिना फिक्री सबको सामु खुलेर पिएँ आज
तिम्रा सारा वाचा-कसम, भुलेर पिएँ आज
तिमीले छाड्यौ भन्ने जब एक सन्देश पाएँ
तिम्रा सयौं प्रेम-पत्र , बटुलेर पिएँ आज
एक्कासी जब आत्माले नशाको चाह गर्यो
एउटै नबिराई सारा भट्टी , डुलेर पिएँ आज
हिजोसम्म साँझपख अलिकति चुस्की लिन्थेँ
एका विहानै लरखराउँदै, झुलेर पिएँ आज
बिल्कुल म आजाद छु अब कुनै चिन्ता छैन
पिर-व्यथा सब सराबसँगै घुलेर पिएँ आज
हुन त तिम्ले दिलको डालीमा फुल्नु भन्थ्यौ
तर म त नाली-नालीमा फुलेर पिएँ आज ।









बसाई सरे गोराहरु काला राम्रो लाग्छ अचेल
ब्यूटीपार्लर नधाउने गाला राम्रो लाग्छ अचेल
गहना हो नारीको यहा सौन्दर्यता झल्काउने
खाली हात अशोभा भो वाला राम्रो लाग्छ अचेल
फेसनको निहु गरी नाँगै हिड्नु मूर्खता हो
गुन्यु चोली संगसंगै माला राम्रो लाग्छ अचेल
कालो फुर्स्रे टाटे भानी दिलै बसे पछि जब
हिजो कुरुप लाग्ने उही छाला राम्रो लाग्छ अचेल
नदेखेको नभेटेको के मेल भयो एकै चोटी
प्रणयको दियो बाल्ने पाला राम्रो लाग्छ अचेल
अरु घोडा चढे भनी धुरी चढ्न हुन्न आफू
हैसियतमा रमाएको चाला राम्रो लाग्छ अचेल






केही चोटले ज्ञानी हुन्छ धेरै चोट बानी हुन्छ
दु:खपर्दा झर्ने आशु धेरै रुँदा पानी हुन्छ
जसले पनि बाँच्ने जीवन एकनासको हुन्न भन्छन्
खाली पाना जस्तो जीवन धेरै लेख्दा काहनी हुन्छ
डराउन हुन्न भन्छन् अरुलाई सहयोग गर्न
विपत्तिमा दिने वचन ममताको खानी हुन्छ
फसाएर अरुलाई आफूले फाइदा लिनु हुन्न
अरुलाई ठग्न खोज्दा आफैलाई हानी हुन्छ
सधैँ सुखी हुन्न जीवन हरेस कहिल्यै खानु हुन्न
दु.ख पनि बाड्ने गर्दा सबैमाझ दानी हुन्छ





माया भन्ने तिम्रो नासो जब मैले मासिदिएँ
एकपटक रोएँ अनि आँसु पुछी हाँसिदिएँ
जता गए पनि यहाँ बाटो कुर्नुपरेकै छ
दिक्क मानी चौतारीमै आफ्नो फोटो टाँसिदिएँ
रनवन रमाएर हिँड्नुपर्ने यस्तो बेला
एकल्काँटे आफूलाई एकान्तमै फाँसी दिएँ
यति धेरै आफन्त र आफ्नाहरू भए यहाँ
बरू एउटै शत्रुसित माया मैले गाँसिदिएँ
मिर्मिरे यो बिहानीमा पनि मैले मनको दियो
साँझ पर्यो भन्ने ठानी सलेदो उकासिदिएँ
'तिमी' हाँसिरहेको छ दु:ख मेरो देखीदेखी
हिजो गाली गरे पनि आजचाहिँ स्याबासी दिएँ





बिनाकारण हाँस्न थालेँ प्रीत बसे देखि


नपिई त्यसै मात्‍न थालेँ प्रीत बसे देखि
नजन्मेका गजलहरू घेर्न आउँछन् अचेल


अनौठो स्वाद चाख्न थालेँ प्रीत बसे देखि
काँडालाई पन्छाउँदै थिएँ फूल सामु पर्यो


तर्सिएर भाग्न थालेँ प्रीत बसे देखि
सपनाका घाम - जून सारा बटुलेर


नौलो माला गाँस्न थाले प्रीत बसे देखि
जिन्दगीको अर्थ मैले बिर्सेँ भन्छन् तर


म त बल्ल बाँच्न थालेँ प्रीत बसे देखि




मलाई यसरी लुट्नेको जय होस्

काखमा रखेर कुट्नेको जय होस्


सघाउने बेला टाढा भागे पनि


दबाउन भने उठ्नेको जय होस्


माया जालमा पारी निर्दोश मलाई


घिट्घिटे पारी छुट्नेको जय होस्


अलिकती दयाको भीख माग्दा मैले


कानमा तेल हाली सुत्नेको जय होस्






भुलेरपनि मेरो याद नगर ,


अनमोल समय बर्वाद नगर ।


गलेर ढल्दैछन मनका आली ,


हरघडी गर्जेर वर्षाद नगर ।


धोका दिनुनै नियत रैछ ,


बुझिसकें भो विवाद नगर ।


पत्झड जीवननै आदत मेरो ,


फर्केर कतै अवाद नगर ।


हरचोक गल्लिमा हाम्रो सम्बन्धको


विन्ती गलत अनुवाद नगर ।


भो नगर्नू कुनै डाह अलिअलि बाँचेँ
बाँच्नै थियो आगो चुम्दै जलीजली बाँचेँ ।

यौटा आँखा अर्को आँखा कति प्यारा आँखा,
आफ्नै आँखा त्यतै नाच्दा गलीगली बाँचेँ ।

हिँड्दाहिँड्दै जिन्दगानी भयो कछुवा झैँ,
घडीसँगै सुस्तसुस्त चलीचली बाँचेँ ।

दुनियाँमा तगारोले जाने ठावैँ छैन,
थुनिएर श्‍वासको यो नलीनली बाँचेँ ।

वाण हान्ने प्यारा वैरी यतै सामु आऊ,
हान तारो आदतै भो छलीछली बाँचेँ ।

बदलिएको यहाँ केहि खास छैन
यत्ति हो आज कोहि आसपास छैन

हिजो जे जति फूले सबै हिजै झरे
अब अझै फूल्ने मलाई आश छैन

दोष रोप्नै बेकार एकअर्को माथि
मलाई कुनै गल्तिको आभाष छैन

पाउनु हो गुमाउन, बुझेकै छु नि
सबै कुरा गुमे पनि उदास छैन

दिन्छौ साथ भन्ने चैं आश सम्म थियो
तिमीलाई नपाएर निराश छैन

बाटो रोज्छु अर्को नयाँ बन्द भए यो
रूदै बस्नु पर्ने गरि हतास छैन ।।



Self Collected & Composed........